परिचय

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित वि.सं. २०७३ फाल्गुण २७ गते घोषित नगरपालिका हो, जसमा १५ वटा वडाहरू छन् । यो नगरपालिका सामुद्रिक सतहबाट ७०० मिटरदेखि २२५० मिटरसम्मको उचाइमा अवस्थित छ । यसका साथै यस नगरपालिकाभित्र मझुवागढी, देवीस्थान कालिका भगवती, रूपाकोट, भुलभुले, महुरेगढी, साप्सुधाप, मेरुङडाँडा, सहदेवगढी, गुप्तेश्वर, सिद्धेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू अवस्थित छन् । २४६.५१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा १०,०५० घरधुरी रहेको छ, जसमा जम्मा जनसंख्या ४६,९०३ मध्ये महिला २५,३०४ पुरुष २१,५९९ रहेका छन् ।