FAQs Complain Problems

समाचार

सूचना ! सूचना !! सूचना !!!

सूचना ! सूचना !! सूचना !!!

भ्रममा नपर्न हुन अनुरोध।

केहि दिन यता दिक्तेल बजारमा भुस्याहा कुकुरहरुलाई हैजा लागेको कारण मर्न थालेको र मरेका कुकुरहरुलाई नगरपालिकाले व्यबस्थापन गर्ने क्रममा बाटैमा एउटा कुकुरले जनावरलाई टोकेर भाग्दै गर्दा अरुलाई पनि टोक्न सक्ने सम्भावना भएकोले, केहि ब्यक्तिहरु बाट नियन्त्रण गर्ने क्रममा कुटपिट गरि मारिएको जानकारी प्राप्त भयो ।

नगरपालिकाको कुकुर मार्ने कुनै योजना नभएको र कसैले पनि मार्ने कार्य नगर्नु र नगराउन हुन अनुरोध गरिन्छ ।

साथै सम्पुर्ण नगरबासीहरुमा घर पालुवा कुकुरहरूलाई बांधेर ब्यवस्थित ढङ्गले पाल्नुहुन यसै सूचना द्वारा अनुरोध गरिन्छ ।